काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ। तीन दिनको भारत भ्रमणका क्रममा दिल्लीमा रहेका ज्ञवालीले अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता गरेका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्वीरहरू रक्षामन्त्री सिंहले ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।
‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन। यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ। भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ,’ सिंहले ट्वीटरमा लेखेका छन्।
भेटवार्तामा परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित थिए। मन्त्री ज्ञवाली आजै अपराह्न ४ बजे नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।
Facebook Comments


























