माघ ३ । अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन्। जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ। तर उनको भूमिका के हो भन्ने बारेमा केही खुलाइएको छैन।
गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति ट्रम्पलाई हराउँदै बाइडेन निर्वाचित भएका थिए। एजेन्सी
Facebook Comments


























