काठमाडौं, माघ २ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मी र गण्डकी प्रदेश भिड्दैछन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा आर्मीले गण्डकीविरुद्धको खेलमा टस जितेको छ।
आर्मीका कप्तान बिनोद भण्डारीले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेका छन्। क्यानले सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको तालिका सार्वजनीक गरिसकेको छ। तालिकाको समूह एमा आर्मी, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली छन्। समूह बीमा पुलिस, बागमती, लुम्बिनी, प्रदेश २ र सुदुरपश्चिम छन्।
Facebook Comments


























