काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहको कार्यकर्ता भेला कमलादीमा सुरु भएको छ। प्रचण्ड–माधव समूहको काठमाडौ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको हो।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भेला सुरु भएको हो। भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
केही दिनदेखि प्रदेशस्तरीय भेला तथा प्रशिक्षण चलाएको प्रचण्ड–माधव समूहले आज पनि कार्यकर्ता भेलालाई निरन्तरता दिएको हो। यो समूहले यसअघि ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला र प्रशिक्षण गरिसकेको छ। हिजो प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो।