पुस २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ। मंगलबार राति भएको खेलमा एभर्टनले उल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो। उल्भ्सको मैदानमा एलेक्स इओबीले खेलको छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको १४ औं मिनेटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए। तर, खेलको ७७ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई २-१ को जित दिलाए। जितसँगै एभर्टन लिगको चौंथो स्थानमा उक्लिएको छ। एभर्टनले १७ खेलमा ३२ अंक जोडेको छ। उल्भ्स २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ। एजेन्सी