पुस २९ । म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो।
बर्नलीको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे। उनले खेलको ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा भली गोल गरेका थिए। पोग्बाको यो सिजनको दोस्रो गोल हो।
बर्नलीलाई हराएसँगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ। युनाईटेडले १७ खेलमा ३६ अंक जोडेको छ। युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ। बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ। अर्को खेलमा सेफिल्ड युनाईटेडले न्युकासल युनाईटेडलाई १-० ले हराएको छ। एजेन्सी