पुस २८ । आईपीएलको फ्रेन्चाइज टिम राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई रिलिज गर्ने भएको छ। आईपीएलको नयाँ मेगा अक्सनअघि राजस्थानले कप्तान स्मिथलाई रिलिज गर्ने जनाएको हो।
ईएसपीएनक्रिकइन्फोका अनुसार स्मिथलाई राजस्थानले अक्सनमा पठाउने तयारी गरेको जनाएको हो। तर, राजस्थानले औपचारिक रुपमा केही बताएको छैन। आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको छ। आईपीएलले अक्सन फेब्रुअरी ११ मा गर्ने तयारी गरेको जनाएको छ। गत सिजन स्मिथले १४ खेलमा ३ सय ११ रन बनाएका थिए। एजेन्सी
Facebook Comments


























