काठमाडौं, पुस २८ । नेपाली बजारमा आज पनि पहेँलो धातु सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला ८०० रूपैयाँले घटेकोमा आज ६०० रूपैयाँले बढेको हो। सोमबार प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँ कायम गरिएको छ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार २५० रूपैयाँमा कारोवार भइरहेको छ।
Facebook Comments


























