पुस २८ । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ। इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमै म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्ने छन्।
साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ। म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ। यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ।
लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ। ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ। एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ। एजेन्सी


























