चितवन, पुस २७ । पुर्वी चितवनको राप्ती नगरपालिकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती ५ का ६० वर्षीय पुरुष रहेका छन्। ती पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार पुस १९ गते श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो। ती पुरुषलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।
Facebook Comments


























