काठमाडौं, पुस २७ । कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) सामान्य अंकले बढेको छ। कारोबारको सुरुमा उकालो लागेको नेप्से तीन घण्टामा आउँदा झिनो अंकले घटेको थियो। कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक ३.७० अंकले मात्रा बढेको छ।
आज ११ बजेबाट २२३५.७२ को बिन्दुबाट सुरु भएको परिसुचक ३ बजेसम्म आउँदा ०.१७ प्रतिशतले बढेर २२३९.४२ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ।
कारोबारका १२ उपसमुहमा ५ उपसमुह भने ओरालो लागेका छन्। व्यापार समुह १३.३ अंकले, होटेल समुह ४.५६ अंकले, उत्पादन समुह ४१.३२ अंकले, लघुवित्तिय समुह ९.२३ अंकले र अन्य १४.६९ अंकले ओरालो लागेको छन्।
यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनिको १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता शेयर ४८ हजार ५३ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ५२ करोड ४८ लाख बराबरको कारोबार भएको छ।
त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये सिद्धार्थ बैंकले ४२ करोड ६२ लाख बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ भने प्रभु बैंकले २५ करोड १२ लाख बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ।