काठमाडौं, पुस २६ । राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको निधन भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार कुन्दनको निधन भएको जनाएको छ। मृगौला रोगबाट पीडित कुन्दनको २३ वर्षको उमेरमा जलेश्वर नगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो। कुन्दनको दुबै मिर्गौला खराब भएको थियो। गत वर्षबाट उनले नियमित डाइलासि गराउँदै आएका थिए। कुन्दनले गत साउनमा कोरोनालाई भने जितेका थिए।
आर्थिक अवस्था कमजोर भएका कुन्दनलाई आर्थिक सहयोग गर्न ुकुन्दन बचाउ अभियानु समेत चलाईएको थियो। कुन्दनले दुई वर्ष अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-२ बाट खेलेका थिए।
Facebook Comments


























