काठमाडौं, पुस २६ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ। छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको छ।
Facebook Comments


























