चितवन पुस २५ । नेपाल राष्ट्रिय सनातन पार्टीे चितवनमा जिल्ला समितिको अध्यक्षमा सुमन उप्रेती चयन भएका छन। पूर्वी चितवनको खैरहनीमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाले उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा दीपक रेग्मी,सचिवमा शिबहरी न्यौपाने,कोषाध्यक्षमा सरस्वती खड्का र जिल्ला सदस्यमा टंक प्रसाद घिमिरे, भगवान श्रेष्ठ, विष्णु प्रसाद शिवाकोटी, कृष्णराम सेढाई,शिबकान्त मैनाली, चेतप्रसाद खरेल, चर्तुभूज तिमिल्सिजा, होमनाथ भण्डारी, गणेश नेपाल, एकराज शिवाकोटी र कलावती चापागाई चयन भएका छन्।
पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद रिजालले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन्। सो अबसरमा केन्द्रीय अध्यक्ष रिजालले प्रचिनकाल देखि मान्दै आएको सनातन हिन्दु धर्मको संरक्षण गर्दै नेपालमा हिन्दु राज्य कायम गराउने उद्देश्यले नेपाल राष्ट्रिय सनातन पार्टीको जन्म भएको बताए।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले संविधानको रक्षा,भष्टाचार नियन्त्रण,ससासन र सनातन हिन्दु धर्मको संरक्षणको लागि जिल्ला समिति क्रियाशिल भएर लाग्ने बताए। उनले पार्टीको अस्थित्व जोगाउदै जनपक्षिय काममा समर्पित हुने विश्वास व्यक्त गरे। जिल्ला अध्यक्ष सुमन उप्रेतीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय महासचिव गणेश घिमिरे,केन्द्रीय सदस्यहरु भिमराज सेढाई, रत्नकुमारी ढकाल, समाजसेवीहरु गुणबहादुर विसुराल, महादेब विसुराल र रामप्रसाद सेढाइले मन्तव्य राखेका थिए।


























