काठमाडौं, पुस २४ । राष्ट्रिय सभा सदस्य कोमल ओलीले अदालतमाथि शंका गर्नेहरु सर्वसत्तावादी भएको बताएकी छन्। शुक्रबार राष्ट्रियसभामा बोल्दै ओलीले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सबैतिर शंका भइरहेको भन्दै उनले ओलीको बचाउँ गर्दै यस्तो बताएकी हुन्। उनले सबैतिर शंका गर्नु ठिक नभएको बताइन्।
‘अहिलेको सरकार सर्वसत्तावादी भयो भन्ने ?’, ओलीले भनिन्, ‘अदालतमाथि जसले शंका गरेको छ त्यो हो सर्वसत्तावादी। त्यसलाई अनावश्यक दबाबमा राख्नु त्यो हो सर्वसत्तावाद।’
उनले संविधान भनेको आशय भएको दाबी गरिन्। बेलायतमा अलिखित संविधान भएको र त्यहाँको परम्परा र संस्कृति अनुसार अदालतले व्याख्या गर्ने र त्यसलाई नै नेताले स्वीकार गर्ने बताउँदै हामीले पनि त्यसलाई अनुसरण गर्नुपर्ने बताइन्।
Facebook Comments


























