पुस २३ । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले होबार्ट हरिकेन्स र सिड्नी थन्डरबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ।
सिड्नीविरुद्ध सन्दीप प्लेइङ-११ मा परेका छन्। सन्दीप लगातार तेस्रो खेलमा प्लेइङमा परेका हुन्। यस अघि सन्दीपले दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सन्दीपले अघिल्ला दुई खेलमा ३ विकेट लिएका छन्।
लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। सिड्नी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
Facebook Comments


























