काठमाडौं, पुस २३ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको बताएका छन्। आज राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले त्यस्तो बताएका हुन्। आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको समेत बताएका छन्।
“प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो। मैले उहाँलाई धेरैपटक सुझाव दिए। कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन।” उनले भने।
यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत बताएका छन्। यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेका छन्। “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए। अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोथिएन।” उनले भने।
राष्ट्रिय सभामा उभिएर बोल्दै गर्दा आफू खुसी हुन नसकेको समेत बताएका छन्।


























