पुस २३ । ला लिगाको लिडर एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरिएको छ। बुधबार राति भएको दोस्रो चरणमा तेस्रो डिभिजन क्लब यूडी कोर्नेलासँग १-० ले पराजित हुँदै एट्लेटिको बाहिरिएको हो।
घरेलु मैदानमा कोर्नेलालाई जित दिलाउन एड्रिन जेमिनेजले निर्णयक गोल गरे। खेलको सातौं मिनेटमा जेमिनेजले गोल गरेका थिए। यस्तै खेलको दोस्रो हाफमा एट्लेटिको मड्रिड १० खेलाडीमा सिमित भएको थियो। खेलको ६३ औं मिनेट एट्लेटिकोका रिचार्ड सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए।
यससँगै एट्लेटिको लगातार दोस्रो सिजन तेस्रो डिभिजन क्लबसँग पराजित भएको छ। गत सिजन पनि एट्लेटिको कल्चरल लियोनेसासँग पराजित भएको थियो। एजेन्सी
Facebook Comments


























