काठमाडौं, पुस २२ । नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा लाल्टिन जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको हो।
बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो। दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका छन्। प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार अनेरास्ववियूले लाल्टिन जुलुस निकालेको हो। अनेरास्ववियूले मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि बयलगाडा प्रदर्शन गरेर प्रधानमन्नीको पुत्ला जलाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











