काठमाडौं, पुस २२ । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भयो।
यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३४० रुपैयाँमा कारोबार भएको हो।
Facebook Comments


























