पुस २२ । बलिउड अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन्। कोलकतामा रहेकी उनको गत सोमवार कोरोना टेष्ट भएको थियो। सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन्।
कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो। उनले त्यहाँ भर्ना हुन अस्वीकार गरेकी थिइन्। भारतीय सञ्चारमाध्ययमले जनाए अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोसिस समेत गरेकी छिन्। जसको कारण अस्पताल प्रसासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए। यसको जानकारी ब्रिटिश हाइकमीशनलाई समेत दिइएको थियो।
उनको अवस्था गम्भिर भएको कारण पुलिस प्रसासन समयमै पुगेको थियो। पुलिसको सहयोगले उनलाई एक निजी अस्पतलामा भर्ना गरिएको छ। बनिता २० डिसेम्बरमा कोलकाता पुगेकी थिइन्। उनी त्यहि प्लाइटमा थिइन्। जसमा म्युटेन्ट कोरोना भाइरसबाट संक्रमित मानिसहरु यात्रा गरिरहेका थिए। बनिताले फिल्म ‘अक्टुबर’बाट बलिउड डेब्यु गरेकी थिइन्। जसमा उनको अपोजिटमा बरण धवन थिए।
उनी अहिले ‘कविता एन्ड टेरेसा‘ सुटिङ गरिरहेकी छन्। फिल्म स्विस इन्डियन फिल्म मेकर कमल मुसलले निर्देशन गरिरहेका छन्। यसको अलवा उनी ‘सरदार उद्यम सिंह’मा पनि देखिनेछिन्। एजेन्सी


























