पुस २२ । जोसे मोरिन्होको टिम टोटनह्याम लिग कप (इएफएल अर्थात काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेर उपाधि नजिक पुगेको हो। घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि १२ औँ मिनेटमा मौउसा सिसोको तथा ७० औँ मिनेटमा सन हेङ्ग–मिनले गोल गरे।
८४ औँ मनिेटमा डासिल्भा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भयो। सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो। त्यसयता उसले उपाधि जित्न सकेको छैन। एजेन्सी
Facebook Comments


























