काठमाडौं, पुस २१ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्। पीएसएलले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशीको प्लाटिनम क्याटेगोरी ड्राफ्टमा परेका हुन्। यो सर्वाधिक उच्च मूल्यको क्याटेगोरी हो।
यस क्याटेगोरीको ड्राफ्टमा २५ खेलाडी परेका छन्। जसमा क्रिस गेल, ड्वेन ब्राभो, मोइन अली, डाविड मालन, इमरान ताहिर, राशिद खान, क्रिस लिन लगायतका खेलाडी परेका छन्।
यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। यस क्याटेगोरीबाट एक फ्रेन्चाइज टोलीले एक खेलाडीमात्र अनुबन्ध गर्न पाउनेछ। पीएसएलको ड्राफ्ट आगामी जनवरी १० मा लाहोरमा हुनेछ। गत वर्ष सन्दीप कुनैपनि टिममा परेका थिएनन् । सन्दीप २०१८ मा भने लाहोर कलन्दर्सबाट खेलेका थिए।


























