काठमाडौं, पुस २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।
प्रचण्ड–माधव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ओली निकटका नेता मण्डललाई हटाएको हो। ओलीनिकट नेता मण्डललाई हटाएर सत्रुघ्न महतोलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेश सांसद तथा नेकपा प्रदेश २ सचेतक बेची लुंगेलीले जानकारी दिएन्।
प्रदेश २ मा नेकपाको ३२ सांसद छन्। जसमध्ये ओली निकटका नेता मण्डलविरुद्व १९ सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरी मण्डललाई हटाएका हुन्।
Facebook Comments


























