काठमाडौं, पुस १९ । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजार खुलेपछि सार्वजनिक गरेको सुनचाँदीको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ। यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९४ हजार रुपैयाँ पर्नेछ।
यता, चाँदीको भाउ पनि स्थिर रेहेको छ। आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। यसअघि गत साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदी आजकै मूल्यअनुसार कारोबार भएको थियो।
Facebook Comments


























