पुस १८ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग बास लिगमा होबर्ट हुरिकेन्सका लागि डेब्यू गरेका छन्। उनले लिग अन्तर्गत शनिबारको खेलमा आफ्नो पूर्वक्लब मेलवर्न स्टार्ससँग खेलिरहेका छन्।
होबर्टमा जारी खेलमा मेलवर्नले टस जितेर बलिङ गरिरहेको छ। १६ डिसेम्बरमा अस्ट्रेलिया पुगेका सन्दीप १४ दिन क्वारेन्टाइनमा बसेपछि टोलीमा सामोल भएका हुन्। लगातार तेस्रो सिजन विग बास खेल्न मंसिर ३० गते अस्ट्रेलिया प्रस्थान गरेका थिए त्यहाँ १४ दिनको क्वारेन्टिाइमा बसेपछि उनी आजको खेलमा उपलब्ध भएका हुन्।
सन्दीपले अघिल्ला दुई सिजनमा मेलवर्नका लागि २० खेलमा २६ विकेट लिएका थिए। सन्दीपलाई मेलवर्नको कमजोरी राम्रोसँग थाहा भएका कारणले पनि होबर्टले प्लेइङ ११ मा उनलाई मौका दिएको हो।
होबर्ट पिटर ह्यान्डस्कोम्बको कप्तानीमा मैदानमा उत्रिएको छ भने मेलवर्नको कप्तानी ग्लेन म्याक्सवेलले गरिरहेका छन्। होबर्ट हाल ६ खेलबाट १५ अंकका साथमा तेस्रो स्थानमा रहँदा मेलवर्न ५ खेलबाट १० अंकका साथमा पाँचौ स्थानमा छ।


























