चितवन, पुस १८ । रत्ननगरबाट मुर्ति चोरिमा संलग्न वडा सदस्यसहित ३ जना पक्राउ परेका छन्। २७ किलो मुर्ति चोरिमा संलग्न रत्ननगर नगरपालिका १२ का ठुलोकान्छा तामाङ सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको हो। पुस १६ गते पक्राउ परेका वडा सदस्यसहित रत्ननगर १२ कै सुरज तामाङ र रत्ननगर ११ रोजबहादुर योन्जनलाइ आज (शनिवार) पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।
बागमती प्रदेश प्रहरि कार्यालय र ईलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाइ राखेको अवस्थामा मुर्ति बरामद भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्किले बताए।
अन्दाजी १०० बर्ष पुरानो पुरातात्त्विक महत्त्वको पित्तलको बुद्धको मुर्ति बरामद भएको कार्किले बताए। उनिहरुलाइ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको छ।
Facebook Comments


























