बारा, पुस १८ । महेन्द्र राजमार्गको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जीपले ठक्कर दिँदा एउटा बाघ मरेको छ। हेटौंडाबाट निजगढतर्फ गइरहेको बा १६ च ८११ नम्बरको जिपले शनिबार बिहान ७ बजेर २० मिनेटमा राजमार्गमै बाघलाई ठक्कर दिएको थियो। बाघको घटनास्थलमै मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर प्रकाश पुनले बताए।
पर्सा राष्ट्रिय निकुञ्जको आधभार जंगल क्षेत्रमा जिपले पोथी बाघलाई ठक्कर दिएको हो। बाघ अन्दाजी ७–८ वर्षको हुन सक्ने निकुञ्जका अधिकारीको भनाइ छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दीपक श्रेष्ठले गाडी र चालक दुबैलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएको बताएका छन्।
Facebook Comments


























