काठमाडौं, पुस १७ । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। स्थानिय बजारमा शुक्रवार पहेंलो धातु सुनको भाउ रू.४०० ले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू.९४ हजार ५०० कारोबार भएको छ। बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो। बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू.४०० ले बढेको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९४ हजारमा कारोबार भएको छ। बिहीवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ६०० मा कारोबार भएको थियो। यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीवार प्रतितोला रू। एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ।
Facebook Comments

























