चितवन, पुस १६ । पछिल्लो २४ घण्टामा ६ हजार जनामा पिसिआर परीक्षण गर्दा ५ सय ३४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ।
Facebook Comments


























