काठमाडौं, पुस १३ । पछिल्लो २४ घण्टामा थप ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५० हजार ५८१ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comments


























