काठमाडौं, पुस १२ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ। आज ४८१ जना नयाँ संक्रमित थपिएका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ पुगेको छ। आज मात्र ६ जनाको मृत्यु भएको छ। कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ। आज निको हुनेको संख्या ७३१ रहेको छ।
आजको पिसिआर परीक्षण ३ हजार ८२८ रहेको छ। आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख ९ हजार ६५४ रहेको छ। आज ६ हजार ४९३ जना सक्रिय संक्रमितको संख्या रहेको छ।
Facebook Comments


























