पुस ११ । सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले शानदार जित हासिल गरेको छ। शनिबार भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशलाई दुई सय चार रनको भारी अन्तरले हराएको हो।
लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय ३५ रन बनायो। उसका लागि कप्तान सिता रानामगरले सर्वाधिक ६८ रन बनाइन। सरिताले अविजीत ४४ रन बनाइन भने इन्दु बर्माले २२ रनको योगदान गरिन। कणालीले ६७ रन अतिरिक्त दिएको थियो।
दुई सय ३६ रनको विशाल लक्ष्य पक्ष्याएको कर्णाली १४ ओभर एक बलमा मात्र ३१ रनमा अलआउट भयो। कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। एक रनमा पहिलो विकेट गुमाएको कर्णालीले लगातार विकेट गुमायो। पाँच खेलाडीले खाता खोल्न सकेनन्। एपीएफकी करुणा भण्डारीले पाँच तथा राजमती ऐरीले दुई विकेट लिइन्।