काठमाडौं, पुस ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले ओली समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभइ महाधिवेशन आयोजक समिति रहेको बताएका छन्। शनिवार ओली पक्षीय युव संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाइयो। यसमा पनि प्रष्ट पार्ने देखियो। हामीले विस्तार गरेको केन्द्रीय समिति होइन। महाधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो। यद्यपी यसका सदस्यको हैसियत केन्द्रीय समितिकै सदस्यको जस्तै भने हुन्छ। ’ उनले भने।
साथै, उनले सरकार निर्माण भएदेखीनै प्रचण्ड नेपाल समूहले षड्यन्त्र रचेको आरोप लगाएका छन्। उनले तत्कालीन एमाले र माओबादीको पार्टी एकता भएदेखी नै ओलीविरुद्ध प्रचण्ड र माधवकुमार नेपालले षड्यन्त्र रच्न शुरु गरेको आरोप उनले लगाए।


























