पुस १० । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्टको लागि खेलाडीको सुचि सार्वजनिक गरेको छ। शुक्रबार बीसीसीआईले अष्ट्रेलियाविरुद्धको दोस्रो खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो।
शनिबारबाट अष्ट्रेलियाकोको मेलवर्नमा दोस्रो टेष्ट सुरु हुँदै छ। दोस्रो टेष्टको लागि भारतले ४ खेलाडी परिवर्तन गरेको छ। कप्तान विराट कोहली छुट्टीमा रहेको भारतीय टिमलाई अजिंका राहानेले सम्हाल्ने छन्। यस्तै ब्याट्सम्यान सुभम गील र फास्ट बलर मोहमद सिराजले पहिलो पटक टेस्टमा मौका पाएका छन्। चोट बोकेका अलराउन्डर रवीन्द्र जदेजा टिममा फर्किएका छन्। लयमा नरहेका पृथ्वी शा र ऋदिमान शाह लाई ऋषव पन्तले विस्थापित गरेका छन्। एडिलेडमा चोट बोकेका मोहमद शामी समेत दोस्रो खेलमा मैदान बाहिर रहने छन्।
टोलीमा राहानेसंगै मयाङ्क अग्रवाल, सुभम गिल, चेतेश्वर पुजारा, हनुम बिहारी, रिशबा पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, मोहमद सिराज, उमेश यादब र जसप्रित बुम्राह रहेका छन्।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले यसअघि एकदिवसीय र टी ट्वान्टी सिरिज खेलिसकेको छ। एकदिवसीय अन्तराष्ट्रिय सिरिज अष्ट्रेलियाले २-१ ले हात पार्दा भारतले टी ट्वान्टी सिरिज कब्जा गरेको थियो। चार टेष्ट खेलको सृंखलामा अष्ट्रेलिया १-० ले अघि रहेको छ। विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको टेष्ट सिरिज दुवै राष्ट्रको लागि महत्वपूर्ण रहेको छ। एजेन्सी


























