काठमाडौं, पुस ९ । नेपालस्थित चिनिया राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटेकी छन्। प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेकी थिइन्।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ। प्रचण्डसितको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका विषयमा कुराकानी भएको छ। राजदूत यान्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँत पनि भेटघाट गरेकी थिइन्।
Facebook Comments


























