काठमाडौं, पुस ९ । राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन्। यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन्। सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन्। सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन्।
करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन्। यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन्। सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन्।
पारस यसपटक टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्धित भइसकेका छन्। आउँदो संस्करणको टी(टेन लिग आबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुँदैछ।
Facebook Comments

























