पुस ९ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ। घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २–० ले पराजित गरेको छ।
रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको गोल नै पर्याप्त रह्यो। खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरेका थिए।
जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ। रियलको १५ खेलबाट ३२ अंक छ। तर, एट्लेटिकोले २ खेल कम खेलेको छ। पराजित ग्रानडा भने २१ अंक जोडेर सातौँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























