काठमाडौं, पुस ८ । डिस मिडिया नेटवर्कले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डसँग सहकार्य गर्ने भएको छ। बुधबार प्रायोजन सम्झौता गरेर मञ्च र डिस मिडियाबीच सहकार्य भएको हो। मञ्ज र डिस मिडियाबीच पछिल्लो झण्डै एक दशकदेखि सहकार्य गर्दै आएको छ।
यस वर्ष डिस मिडियाले जिन्सी र नगदसहित ११ लाख बराबर सहयोग गर्नेछ। जसमध्ये ७ लाख नगद र ४ लाख बराबरको अवार्डको मनोनयनमा र विजेता खेलाडीलाई सेटअफ बकस दिनेछ। मञ्चले पुस २८ गते अवार्ड कार्यक्रम गर्नेछ।
Facebook Comments

























