नवलपरासी, पुस ८ । कालीगण्डकी करिडोरमा बुधबार बिहान भिरबाट ट्रक खस्दा मृत्यु भएका ३ जनाको सनाखत भएको छ। पूर्वनवलपरासीका डिएसपी मोहन खाँणका अनुसार दुर्घटनामा चालक हेटौंडा उपमहानगरपालिका १७ हटिया बस्ने वर्ष ४५को सुरेश भुजेल, सोही ठाउँका वर्ष ३५ का बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगर बस्ने वर्ष ५० का भीमबहादुर तामाङको मृत्यु भएको हो। उनका अनुसार मृतकको पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।
बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी कोरिडोरको भोक्रेफाँट स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल खसेको हो। लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कंदै गर्दा दुर्घटना भएको हो।
Facebook Comments


























