काठमाडौं, पुस ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री शान्ता चौधरीले अब जनताको बीचमा जानुपर्ने बताएकी छन्। काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित लुम्बिनी प्रदेशका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै निवर्तमान सांसद समेत रहेकी चौधरीले आफूहरूको अवस्था बलियो रहेको बताइन्।
‘अब हामी जनताका बीचमा जान तयार हुनुपर्छ, हामीसँग जनतालाई लिएर जाने धेरै कुराहरू छन्,’ उनले भनिन्, ‘भोलि संसद विघटन फिर्ता होला भन्ने टेन्सन लिनु पर्दैन। सबै कानूनी हिसाबले हामी बलियो छौं। चुनाव चिह्न पनि हाम्रै हुन्छ।’
अर्को पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका साथीहरू पछुताउने बाटोमा रहेका चौधरीले दाबी गरिन्। भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत नेताहरू सहभागी छन्।
Facebook Comments


























