पुस ६ । उड्डयन सुरक्षा सम्बन्धी युरोपियन एजेन्सी (इएएसए) का प्रमुखले अमेरिकी विमान कम्पनी बोइङ्गको ७३७ म्याक्स उडानका लागि अब सुरक्षित रहेको बताएका छन्। इएसएसएका कार्यकारी निर्देशक प्याट्रिक कीले विमानको सम्पूर्ण पक्ष अवलोकन गरिएको र उडानका लागि सुरक्षित देखिएको बताएका हुन्।
लगातार दुईवटा दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि बोइङ्गको सबैभन्दा राम्रो बिक्री भएको विमान ७३७ म्याक्स ग्राउण्डेड भएको हो। सन् २०१९ को मार्चदेखि ती विमान ग्राउण्डेड छन्। अमेरिका र ब्राजिलमा यसअघि नै सो विमानले उडानका लागि स्वीकृति पाइसकेको छ। एजेन्सी
Facebook Comments


























