काठमाडौं, पुस ६ । आइतबार स्थिर रहेको सुनचाँदीको भाउ आज सोमबार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै प्रतितोला ९०० ले सुनको भाउ बढेको जानकारी दिएको छ।
जसअनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९५ हजार २०० रूपैयाँ कायम छ। यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ७०० रूपैयाँ कायम छ। यसैगरी, गत साताको शुक्रबार प्रतितोला एक हजार २८० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि उकालो लागेको छ। आज तोलामा ४० रूपैयाँले बढ्दै चाँदीको मूल्य एक हजार ३२० रूपैयाँ पुगेको छ।
Facebook Comments


























