पुस ५ । रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बायर्न म्युनिख बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो। बायर्नको जितमा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे। ४३ औं मिनेटमा बराबरी गोल फर्काएका उनले दोस्रो हाफको ईन्जुरी समयमा विजयी गोल गरेका थिए। खेलमा अग्रता प्याट्रिक स्किकको गोलमा घरेलु टोली लिभरकुसनले लिएको थियो।
जितसंगै बायर्न म्युनिखले शीर्ष क्लब बायर लिभरकुसनलाई शीर्ष स्थानमा उछिनेको छ। उनले यस वर्ष ४४ खेलमा ४७ गोल गरेका छन्। शीर्ष स्थान कब्जा गरेको बायर्नको ३० अंक छ। पराजित लिभरकुसनको २८ अंक छ। एजेन्सी
Facebook Comments


























