पुस ४ । युरोपेली फुटबल महासंघ ९युईएफए०ले अर्को वर्ष हुने यू–१७ फुटबल च्याम्पियनसिप रद्द गरेको छ। कोरोना महामारीको कारण देखाउँदै यूईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय लिएको हो।
अब यूईएफएले अर्को वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन। यसअघि दुवै प्रतियोगिता मे महिनामा हुने तय थियो।साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो। एजेन्सी
Facebook Comments


























