काठमाडौं, पुस १ । संसदको अधिवेशन माग गर्दै नेकपाका केही सांसदहरु शीतलनिवास पुगेका छन्। नेकपाका नेताहरू भीम रावल, पम्फा भुसाललगायतका नेताको नेतृत्वमा केही सांसदहरु शीतलनिवासमा पुगेका हुन्। स्रोतका अनुसार उनीहरुले सरकारले ल्याएको अध्यादेश तत्काल जारी गरेको सन्दर्भमा पनि राष्ट्रपतिसँग आफ्नो चासो व्यक्त गरेका छन्।
उनीहरु अहिले शीतल निवासमै रहेका छन्। नेकपा स्थायी कमिटी बैठक १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरू हुन सकेको छैन।
Facebook Comments


























