चितवन, पुस १ । भारतबाट तस्करी गरी ल्याएको रु ३१ बराबरको औषधी सहित चितवनमा ८ जना पक्राउ परेकाछन्। पर्साको ठोरीबाट माडी तर्फ ल्याउदै गरेको रु ३१ लाख ५ हजार ६ सय ३३ रुपैँया बराबरको औषधी सहित ८ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका ४ का २८ वर्षीय राज कुमार महतो, माडी नगरपालिका ३ का २२ वर्षीय बालकृष्ण महतो, माडी नगरपालिका ३ का २२ वर्षीय मिलन महतो, कालिका नगरपालिका ३ का ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका ८ का २५ वर्षीय सुरज गौतम, मकवानपुर गढी गाउँपालिका ३ का २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौडा उपमहानगरपालिका ५ का २५ वर्षीय उज्वल पोख्रेल र मकवानपुर हेटौंडा उपमहानगरपालिका २३ का २३ वर्षीय बिपिन सापकोटा रहेकाछन्।
ईलाका प्रहरी कार्यालय माडी चितवनबाट प्रहरी निरिक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार बिहान ८ः४० बजे माडी नगरपालिका वडा नं.९ सोमेश्वरमा ठोरीबाट माडी तर्फ आउँदै गरेको ना ४ ख ४४२५ नं. को गाडी रोकी चेकजाँच गर्ने क्रममा सो गाडीमा सवार राजकुमार महतोले गाडीको पछाडी डिक्कीमा बोरामा राखि ल्याएको अवस्थामा बिभिन्न किसिमका औषधीहरू फेला पारी बरामद गरीएको हो ।
अनुसन्धानको क्रममा माडी ३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाई राखेको अवस्थामा बिभिन्न किसिमका थप औषधीहरू फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।


























