काठमाडौं, पुस १ । पुस महिनाको पहिलो दिन आज (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघका अनुसार बितेको (मङ्सिर) महिना तोलामा २८ सय रुपैयाँले सुनको मूल्य घटेको छ।
मंसिर ३ गते तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्सिर महिनाको अन्तिम दिन हिजो (मंगलवार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा झरेसँगै गत महिना तोलामा २८ सय रुपैयाँले सुनको मूल्य घटेको महासंघले जनाएको छ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारण सुनको भाउ प्रतितोला एक लाख नाघेको थियो। अहिले यस विरुद्धको खोप बनेको खबर सार्वजनिक भएपछि सुनचाँदीको मूल्य घट्न थालेको हो।
Facebook Comments


























