पुस १ । प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससंग स्तब्ध बनेको छ। मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो।चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले खेलाडीको थकानका कारण अन्तिम मिनेटमा खेल गुमाएको हुन सक्ने प्रतिक्रिया दिएका छन्। सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको छ।
खेलमा अग्रता चेल्सीले ओलिभर जिराउडको गोलमा लिएको थियो। वेन चिलवेकको पासलाई सदुपयोग गर्दै जिराउडले लण्डन क्लबलाई अग्रता दिलाएका थिए। घरेलु टोली उल्भ्सका ड्यानियल पोडेन्सले ६६ औं मिनेटमा खेल बराबरीमा ल्याए। दोस्रो हाफको ईन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे। चेल्सी घरेलु लिगमा लगातार दुई खेलमा पराजित बनेको छ। उसले शनिबार एभर्टनसंगको खेल गुमाएको थियो।
जितले चेल्सीलाई शीर्ष स्थानको टोटेनहम र लिभरपुलसंग अंक बराबरी गर्ने अवसर लियो। चेल्सी २२ अंक सहित तालिकाको पाँचौ स्थानमा रह्यो। उल्भ्स २० अंक सहित शीर्ष १० मा उक्लिन सफल बन्यो। एजेन्सी


























