मंसिर ३० । अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप नर्सलाई लगाएर खोप अभियान थालिएको छ। न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्सलाई खोप लगाएर खोप अभियान सुरु गरिएको हो। सान्ड्रा लिन्ड्से, अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति भएकी छन्।
उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। फाइजर–बायोएनटेकको झन्डै तीस लाख खोप अमेरिकाभर वितरण गर्न लागिएको छ। त्यहाँका झन्डै एक सय ५० वटा अस्पतालहरूले सोमबारसम्ममा खोप पाइसकेका छन्।
आउँदो अप्रिलसम्म अमेरिकामा १० करोड मानिसलाई खोप दिइने अपेक्षा गरिएको छ। फाइजर–बायोएनटेक खोपले गत शुक्रबार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको थियो। एजेन्सी
Facebook Comments


























